Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । चार दिने औपचारिक नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार अपराह्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका महासचिव गुटेरेसले सभापति देउवासहित कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, नेता शेखर कोइराला र परराष्ट्रमन्त्री एनपी साउदसमेत सहभागी थिए ।

भेटमा नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।

महासचिव गुटेरेसले आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् । गुटेरेसले आजै राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077