Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुम्दीकोट जाँदै गरेको बस भिरबाट खस्यो, ७ जना घाइते

पोखरा । पोखरा–२२ पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छोरेपाटनबाट विश्व शान्ति स्तुप हुँदै पुम्दीकोट जाँदै गरेको ग १ ख ८५८५ नम्बरको नगर बस आज दुर्घटनामा परेको हो ।

उकालो उक्लिँदै गरेको बस ब्रेक फेल भएपछि पछाडि हटेर भीरबाट खसेको प्रहरीको अनुमान छ ।

घाइतेको उद्धार गरी पोखराको विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेको उपचार फरक–फरक अस्पतालमा भइरहेकोले स्थितिबारे जानकारी दिने काम भइरहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077