Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

बारा । बाराको जीतपुर सिमरा उपमहानगर वडा नं २ स्थित सिमरा चोकमा बस दुर्घटना भएको छ ।

भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं बस शनिवार राती करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो । सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा मृत्यु हुनेको नाम ठेगाना खुलेको छैन् ।

घाइतेहरूको भने हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पनि खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077