Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् ।

बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको प्रसाद ग्रहण गरेका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए ।

नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणासमेत प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077