Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दलहरुप्रतिको आलोचनालाई मैले सकारात्मक रुपमा लिएको छु : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

बडादसैँ, तिहार र छठलगायत पर्वका अवसर पारेर पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने, ’दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’

राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे ।

उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए । शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077