Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • पुराना दलमाथि प्रश्न उठाउनेको राजनीतिक संघर्ष देख्दिनँ : प्रधानमन्त्री प्रचण्ड

    पुराना दलमाथि प्रश्न उठाउनेको राजनीतिक संघर्ष देख्दिनँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 687
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना दलमाथि प्रश्न उठाउनेको इतिहास र राजनीतिक संघर्ष नै नदेखेको बताएका छन् ।

    नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताए ।



    उनले प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गरे ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कारदेख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’

    उनले पुराना दल र नेताले जवाफ दिने समय आउँदै गरेको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि उनले सुनाए ।

    उनले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेदेखि नै दलहरूबीच सहमति र समझदारीको प्रयास गर्दै आएको जिकिर गरे । हिजो प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँगको भेट पनि त्यसैको कडी भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार