काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । चीनका समकक्षीको निमन्त्रणामा श्रेष्ठ आज एक टोलीसहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा ‘शुप्रीम पिपुल्स कोट अफ चाइना’का प्रधानन्यायधीश तथा उच्च अदालतका अधिकारीहरुसँग औपचारिक भेटघाट एवं कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम छ।
टोलीमा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिष्टार लालबहादुर कुँवर लगायत छन् । सो टोली कार्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Leave a Reply