मुगु । सामूहिक हत्याको आशंका गरिएको घटनाबारे अनुसन्धान गर्न प्रहरीको विशेष टोली घटनास्थल पुगेको छ ।
छायॉनाथ रारा नगरपालिका वडा नम्बर९६ मन्दु गाउँमा आमा श्रीदेवी बोहरासहित एकै परिवारका चार जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेको हो ।
शुक्रबार घरमै २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिनाका छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको शव भेटिएको थियो ।
सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन् ।
जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरु दुई टोली दिउँसोसम्म पुग्ने छ ।
Leave a Reply