Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरूनै सरकारमा घाँटी जोडेर बसेका छन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरूनै सरकारमा घाँटी जोडेर बसिरहेको बताएका छन् ।

ललितपुरको मंगलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे । अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे । उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ? न्याय निरुपणका नाममा युद्धपीडितलाई थप पीडा दिन पाइँदैन ।’

सभापति लामिछानेले संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाए। सभापति लामिछानेले राष्ट्रसंघका महासचिव आउने बेलामा फेरि नेताहरूको भेटघाट बाक्लिएको बताए ।

लामिछानेले सुनौलो भविष्यको सपना देखाएर जनयुद्धमा हजारौं युवालाई शहीद बनाउने माओवादी पार्टीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077