Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अख्तियारको ‘कर्मचारी हुँ’ भन्दै ठगी गर्ने कोइराला पक्राउ

    अख्तियारको ‘कर्मचारी हुँ’ भन्दै ठगी गर्ने कोइराला पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘कर्मचारी हुँ’ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

    बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा गई आफूलाई अख्तियारको कर्मचारी बताउँदै ठगी गरेको सूचनाका आधारमा ३७ वर्षीय मोहन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।



    चितवनको भरतपुर महानगरपालिका-१२ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० राँझामा डेरा लिई बस्ने कोइरालालाई अख्तियार कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई निगरानीमा राखेको थियो ।



    सोधपुछका क्रममा उनले उल्टै प्रहरीलाई गाली गलोज गरेको समेत बताइएको छ । कोइरालाले कसैलाई भ्रममा पारी ठग्न खोजेमा प्रहरीमा खबर गर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार