Online Nepal
  • बुधबार, १० पुष २०८१
  • त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग नेपाल पराजित

    त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग नेपाल पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि जितेको छ ।

    समूह चरणमा यूएई र हङकङमाथि पूर्ण रुपमा हावी भएको नेपाल फाइनलमा भने यूएईसँग पराजित भएको हो ।



    युएईले शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले पराजित गर्‍यो। नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।



    युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्का हिर्काएका थिए।
    १५औं ओभरमा अलिसान शराफुलाई अभिनास बोहराले आउट गर्दा अर्को ओभरमा वृत्य अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत् रनआउट गरेका थिए।

    १९औं ओभरको चौथो बलमा अभिनासले अली नासीरलाई ११ रनमा बोल्ड गरेका थिए। अन्तिम ओभरमा युएईलाई जितका लागि ७ रन चाहिएको थियो। बलिङमा नेपालका करण केसीले अन्तिम ओभर गरे पनि नेपाललाई जित दिलाउन सके।

    अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा युएईका बासील हमीदले छक्का हिर्काएका थिए। बलिङमा नेपालका गुल्सन झा र अभिनास बोहराले २-२ विकेट लिए।

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए।

    त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रन र कुशल मल्ल १ रनमै आउट भए। दुवैलाई युएईका आयान खानले बोल्ड गरेका थिए। रोहितकुमार पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले २० रन जोड्न सके।

    दुवैलाई युएईका अली नासीरले आउट गरेका थिए। सन्दीप जोरा १० रन र गुल्सन झा ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।सोमपाल कामी पनि व्यक्तिगत १३ रनमा आयान खानबाट बोल्ड भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार