Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • दशैं लगत्तै तोलामा १ लाख १६ हजार पुग्यो सुनको मूल्य

    दशैं लगत्तै तोलामा १ लाख १६ हजार पुग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।



    दशैं अघिको अन्तिम कारोबार ९३ कात्तिक०का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो ।



    दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो । शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

    चाँदीको मूल्य भने स्थिर रहेको छ । दशैअघिको अन्तिम कारोबार कात्तिक ३ गतेका दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो ।

    आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार