काठमाडौं । त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ ।
उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए ।
सोही क्रममा कुशलको ब्याट भाँचिएको हो । चार ओभरको खेल सकिँदासम्म नेपालले कुनै पनि विकेट नगुमाई ४० रन बनाएको छ ।
कुशल भुर्तेल २९ रन र आसिफ शेख पाँच रन बनाउँदै क्रिजमा छन् । ब्याट भाँचिनुअघि कुशल क्याच आउट हुनबाट जोगिएका थिए ।
Leave a Reply