काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्।
चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन् ।
नेपाली शान्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो । प्रधानसेनापतिको चीन भ्रमणका बेला सो विषयमा समेत छलफल हुने बताइएको छ ।
उनको चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानसेनापति शर्माले यसअघि बेलायत भ्रमणमा गरेका थिए । प्रधानसेनापति शर्मा आज चीन गएर १६ गते स्वदेश फर्किने कार्यतालिका छ ।
Leave a Reply