काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बिहीबार साँझ प्रस्थान गरेका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज अमेरिकाको निमन्त्रणामा अमेरिकाको विभिन्न राज्यमा हुने विविध कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणको क्रममा अध्यक्ष लिङ्देनद्वारा टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्नेछन् । अमेरिकामा रहँदा अध्यक्ष लिङ्देनले अक्टोबर २८ का दिन मोमो महोत्सवमा प्रमुख आतिथ्यता ग्रहण तथन नेपालीहरूसँग भेटघाट एवम् अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
अक्टोबर २९ का दिन ड्यालसको करि लिफ वैङ्कटमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिनेशनको समुदघाटन एवं प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन् । भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहेका छन् ।
मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरी अध्यक्ष लिङ्देन नेतृत्वको टोली नोभेम्बर ७ मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।अमेरिका प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।
Leave a Reply