Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब राजालाई गाली गरेर सत्ता टिकाउँछु भन्ने नसोचे हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् ।

प्रवासी नेपाली एकता समाजको अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए ।

अध्यक्ष लिङ्देनले भने,‘यो परिर्वतनको सम्वाहक हौं भन्ने दलहरुले राम्रो गरेर देखाउनुपर्यो । अब (पूर्व)राजालाई गाली गरेर सत्तामा टिकिराख्ने, जनतालाई मुर्ख बनाइराख्ने दिन गयो ।’

जनतामा निराशा पैदा भएको भन्दै उनले तिहार र छठ लगतै पार्टीको बैठक बसेर दबावमुलुक कार्यक्रम ल्याउने बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको साटो राम्रो काम गरेर देखाउन आग्रह दलहरूलाई चुनौती दिए ।

टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उनले निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077