Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारबिरुद्धको अभियान रोकिने छैन

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारबिरुद्धको अभियान रोकिने छैन

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 483
    SHARES

    रुकुमपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुरु गरेको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताएका छन् ।

    रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आयोजित सहिद स्मृति मेला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सुशासनको अभियान निरन्तर जारी रहने बताए । प्रधानमन्त्री प्रचण्डले सरकारमा आएदेखि नयाँ काम सुरु गरेको र सुशासन नचाहने तत्वहरु छट्पटाएको दावी गरे ।



    आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्धका फाइल खोलेर जनतालाई सुशासनको अनुभूति दिलाएको उनको भनाई छ ।

    प्रधानमन्त्री प्रचण्डले मिटरव्याज पीडितहरुको पक्षका कानुन बनाएको, अवैध रुपमा हुने सुन तस्करीबिरुद्ध कारबाही प्रक्रिया सुरु गरेको, ललिता निवास प्रकरणको छानबिन सुरु गरेको, भुटानी शरणार्थी, भूमाफिया र तस्करीबिरुद्ध वर्तमान सरकारले सशक्त कारबाही सुरु गरेपछि बिपक्षिहरु बिक्षिप्त बनेको चर्चा गरे ।

    सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागि परेको उनले आरोप लगाए। सरकारले पछिल्लो समय सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो।

    प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैं अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार