Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • इजरायलले माग्यो संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको राजिनामा

    इजरायलले माग्यो संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको राजिनामा

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको राजिनामा माग गरेको छ । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारवाहीविरुद्ध महासचिव गुटेरेसको टिप्पणीलाई लिएर उनको राजिनामा माग गरिएको हो ।

    राष्ट्रसङ्घमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरे ।



    “बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजरायली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन”, उनले भने ।



    राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजरायलको उक्त भनाइ आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार