Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजावादीहरु ओलीविरुद्ध भ्रम छर्दै छन्, षडयन्त्रविरुद्ध गम्भीर बनौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु भएको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले राजावादीहरू कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको आरोप लगाए ।

सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको उनको दाबी छ । अध्यक्ष ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको उनको जिकिर छ । अध्यक्ष ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्थे, अहिले राजावादीहरू कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्रविरुद्ध गम्भीर बनौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077