Online Nepal
  • बुधबार, १० पुष २०८१
  • त्रिकोणात्मक सिरिज : नेपालको लगातार चौथो जित, यूएई ५ विकेटले पराजित

    त्रिकोणात्मक सिरिज : नेपालको लगातार चौथो जित, यूएई ५ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

    यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए ।



    यस्तै कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।



    यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

    यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले २र२ तथा गुलसन झा र करण केसीले १र१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार