Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङमा चारवटा भूकम्पको धक्का, खरीमा जमिन फाट्यो, घरहरुमा पनि क्षति (अपडेट)

काठमाडौं । महाअष्टमी पर्व मनाइरहेका बेला आज धादिङको ज्वालामुखी गाउँपालिका–५ खरीलाई केन्द्रबिन्दु बनाएर ४ पटक भूकम्प गएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको झट्का धादिङ, गोरखा, रसुवा, काठमाडौं उपत्यकालगायत आसपासका क्षत्रेमा महसुस गरिएको थियो

यसपछि आइतबार बिहानै ८ः८, ८ः२८ र ८ः५९ मा गरी चारपटक क्रमश ४.२, ४.३ र ४.१ म्याग्निच्युडको भूकम्प खरी र सल्यानटारलाई केन्द्रबिन्दु बनाएर गएको थियो ।

भूकम्प आएपछि धादिङका अधिकंश क्षेत्रमा महाअष्टमी मनाइरहेकाहरुको भागदौड मच्चिएको स्थानीयले बताएका छन् । भूकम्पका कारण धादिङका कतिपय स्थानमा जमिन फाटेको छ भने घरहरुमा पनि क्षती पुगेको छ । खरीको कुमालटारीमा जमिन फाटेको छ भने खरीका केही पुराना घरहरू पनि चर्केको स्थानीयबासीले बताएका छन् । यद्यपी क्षतीको पूर्ण विवरण भने आइसकेको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान काठमाडौं आसपासका जिल्लामात्र नभई चितवन र पर्वतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो। केन्द्रकाअनुसार यो नयाँ भूकम्प नभई २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077