Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर बन्द, विमानमा चरा ठोक्किएको आशंका

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर बन्द भएको छ ।

मलेसियाको क्वालम्पुरबाट काठमाडौँ आएको मालिन्डो एयरमा चरा ठोक्किएको आशङ्कापछि २० मिनेट विमानस्थल बन्द गरिएको हो ।

शनिबार विमान अवतरण गर्ने क्रममा मरेको चरा भेटिएपछि चेकजाँचका लागि केही बेर विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका अनुसार मालिन्डो एयरले अवतरण गर्ने क्रममा ‘सस्पेक्टेड बर्ड स्ट्राइक’ रिपोर्ट गरेको थियो । विमानमा भने कुनै क्षति नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077