Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरआवासीय संघका अध्यक्ष केसीद्धारा पदभार ग्रहण, विवादित निर्वाचनको छानबिन गर्दै परराष्ट्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदभार ग्रहण गरेका छन् ।

काठमाडौंमा जारी ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीले शनिबार संघको केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए ।

साथै उनीहरुले यसबारे छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएका थिए । परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन गरिरहेको बताइएको छ ।

सोही पश्चात महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि शुक्रबार बाँकी प्रक्रिया स्थगित भएको थियो ।

तर शनिबार केसी पक्षले एक कार्यक्रम राखेर शपथ ग्रहण पनि गरेका हुन् । आजै नवनिर्वाचित कार्यसमितिको बैठक पनि केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077