Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • दसैंको शुभकामना दिँदै सभापति देउवाले भने – विविधता बीचको एकता नेपालीको विशेषता हो

    दसैंको शुभकामना दिँदै सभापति देउवाले भने – विविधता बीचको एकता नेपालीको विशेषता हो

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 546
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैँको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

    अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने दसैँलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको उनले बताएका छन् ।



    “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ,” उनले भने, “विविधता बीचको एकता नेपालीको विशेषता हो । बडादसैँंले समुदाय, संस्थाहरूरु, परिवार र ब्यक्ति—ब्यक्तिबीचको एकतालाई अझ बलियो बनाउँदै आएको छ र बनाउनु पर्छ ।”



    सभापति देउवाले आफू र आफ्नो पार्टीको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार