Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य, दीपेन्द्र र कुशलको अर्धशतक

    नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य, दीपेन्द्र र कुशलको अर्धशतक

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 801
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।

    माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको हो ।



    नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए ।



    नेपालका लागि आसिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्।

    नेपालविरुद्ध हङकङका हारून अर्शद र मोहम्मद गजानफरले समान २–२ विकेट लिए। यस्तै, आयुश शुक्ला र एजाज खानले समान १–१ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार