काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक पुरा गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । दुवै ब्याटरले अर्धशतक प्रहार गर्दै नेपालको रन उकासेका हुन्।
३१ बलमा ५६ रन बनाएका कुशलले ५ छक्का र २ चौका प्रहार गरेका छन् । ३१ बलमा नै ५२ रन बनाएका दीपेन्द्रले २ छक्का र ५ चौका प्रहार गरेका छन् ।
नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।
Leave a Reply