Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दशैंको शुभकामना दिँदै रवि लामिछानेले भने – देशको अवस्था फेरिन्छ: हामी सक्छौं, हामी गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनअपेक्षालाई पूरा गर्न प्रतिवद्ध भएर लाग्ने बताएका छन् । बडा दशैंको अवसरमा शुभकामना सन्देश दिँदै लामिछानेले यस्तो बताएका हुन् ।

उनले नेपालीलाई मौलिक चाडपर्वले जोडेको भन्दै देशमै गरिखाने वातावरणको लागि अब डटेर लाग्ने बताए । 'हाम्रा मौलिक चालचलन र परम्पराले सदियौंदेखि नागरिककीच एकता र सम्बन्धलाई हार्दिक रुपमा प्रगाढ बनाउँदै आएका छन् ।

तर व्यवस्था बदलिँदा पनि नागरिकको अवस्था बदलिएन । हामी यही नागरिकका अपेक्षा पूरा गर्न अविचलित भएर लागेका छौं ।

नागरिकले चाहे जस्तो देश बनाउन लाग्छौं’ रविले भनेका छन्, ‘यो अवस्था फेरिन्छ । हामी सक्छौं हामी गर्छौ । दशैं, तिहार र छठ जस्ता चाडपर्वको हार्दिक मंगलमय शुभकामना ।’ आराधना र प्रार्थनामा कसैलाई पनि नछुटाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077