काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधानसेनापति प्रभुराम शर्मा चीन जाँदैछन् । प्रधानन्यायाधीश श्रेष्ठ र प्रधानसेनापति शर्मा यही महिना चीनका दुई शहरको छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन चीन जान लागेका हुन् ।
प्रधानसेनापति शर्मा बेइजिङ–सियाङसान फोरममा सहभागी हुन अक्टोबर २७ देखि नोभेम्बर २ (कात्तिक १० देखि १६) गतेसम्म बेइजिङको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।
उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठ चीनको सर्वोच्च जन अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष झाङ जुनको निमन्त्रणामा असोज १२ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
लामो समयपछि चीनले नेपालका प्रधानन्यायाधीशलाई चीनको सिनजियाङ प्रान्तमा हुने कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ ।
Leave a Reply