Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मुत्यु

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मत्यु भएको छ ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका ४ हस्नापुरका ३६ वर्षीय साइकलयात्री डाटाप्रसाद चौधरी रहेका छन् ।

बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा बा७८प ३६४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–७ का चाकाबारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077