Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङमा भारतीय स्कोरपिओभित्र पेस्तोल फेला, एकजना पक्राउ

मोरङ । मोरङमा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीभित्र पेस्तोल फेला परेको छ ।

जिल्लाको धनपालथान गाउँपालिका २ पैठामा पार्किङ गरेर राखेको बीआर ०६ पीए १३६३ नम्बरको स्कोरपिओको ड्यासबोर्डभित्र कालो कपडाले बेरेर राखेको अवस्थामा शुक्रबार राती कटुवा पेस्तोल भेटिएको हो ।

नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पेस्तोल र ३ राउण्ड गोलीसहित सर्लाहीको हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । पेस्तोर र गोली कहाँबाट ल्याएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077