Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • आज टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै नेपाली सेना

    आज टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै नेपाली सेना

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 903
    SHARES

    काठमाडौँ । नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्ने भएको छ । समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति सहभागी हुने छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् ।

    बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ ।



    सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।



    बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो ।
    फूलपाती समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार