Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीनतले ओरालोमा बस दुर्घटना हुँदा १५ जना घाइते, ५ जनाको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौँडा–धरान–चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो ।

पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077