Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • उपप्रधानमन्त्री श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारियो

    उपप्रधानमन्त्री श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 756
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन मेडिकल कलेज अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनलाई अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।

    मन्त्री श्रेष्ठको स्वास्थ्यमा राम्रो सुधार भएकाले शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। ‘छोटो भिडिओ कुराकानीको क्रममा उहाँ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताउनुभएको छ,’ गौतमले भने।



    श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फार्क्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ।



    बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई गत बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।

    बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहे पनि बिरामी भएकाले उनको चीन बसाइ लम्बिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार