Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाले गर्‍यो टुँडिखेलमा फूलपाती हर्षबढाइँको पूर्वाभ्यास

काठमाडौं । नेपाली सेनाले फूलपाती बढाइँ २०८० को पूर्वसन्ध्यामा आज सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेको छ । फूलपाती तयारको लागि शुक्रबार अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्षबढाइँ समारोहको पूर्वाभ्यास गरेको हो ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको श्री नं.१ वन तथा पर्यावरण सुरक्षा गण र श्री नं।२ वन तथा पर्यावरण सुरक्षा गणलाई युनिट झण्डा हस्तान्तरण गरेका थिए ।

यसै गरी प्रधानसेनापतिले आर्थिक वर्ष २०७९र८० मा युद्ध मद्दती बाहिनी अड्डा अन्तर्गतका युनिटहरूमा सञ्चालन भएको युद्धकार्य तथा पेसागत निरीक्षणमा उत्कृष्ट भएका (श्री नं.२ राजदल गण, श्री कालीप्रसाद गण (इन्जिनियर्स), श्री गणेशदल गण, श्री भद्र दल गण, श्री भैरवनाथ गण र श्री नं. १ युद्धकवच गुल्म) युनिटहरूलाई पुरस्कार तथा कदरपत्र प्रदान प्रदान गरेका थिए ।

सोही अवसरमा प्रधानसेनापति शर्माले नेपाली सेनालाई संस्थागत योगदान दिने चलचित्रकर्मी तथा संगीतकार सन्तोष सेन र एलिस कार्कीलाई प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित गरेका सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077