Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दसैंअघि निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी गर्दै सरकार [पत्रसहित]

काठमाडौं । गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी हुने भएको छ ।

अर्थ मन्त्रालयले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रकम दिने निर्णय गरेको हो । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ ।

उक्त भुक्तानी दसैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयअन्तर्गतका निर्माण कामको भुक्तानीका लागि अर्थ मन्त्रालयले सहमति दिएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077