Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर : पेकिंग युनियन मेडिकल कलेज

    गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर : पेकिंग युनियन मेडिकल कलेज

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 888
    SHARES

    काठमाडौं । पेकिंग युनियन मेडिकल कलेज अस्पतालले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । बेइजिङस्थित मेडिकल कलेजले शुक्रबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।

    अस्पतालका अनुसार श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (OM)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ।



    उपप्रधानमन्त्री श्रेष्ठलाई चिकित्सकहरूको निरन्तर निगरानी गर्न मेडिकल आइसियुमा राखिएको जनाउँदै अस्पतालले उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत जनाएको छ।



    तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार