Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • एसीसी यू–१९ प्रिमियर कप : साउदीमाथि नेपालको सानदार जित

    एसीसी यू–१९ प्रिमियर कप : साउदीमाथि नेपालको सानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 846
    SHARES

    काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

    योसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह ‘डी’को विजेतासँग खेल्नुपर्नेछ ।



    साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियाको युएसडी(युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।



    नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रनबनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

    चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

    साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एकरएक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार