Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपाल सधैं विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

    नेपाल सधैं विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 792
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

    संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरूपमा नागरिकहरूको संवेदनशीलता बढेको पनि बताए ।



    उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीकाबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको पनि धारणा व्यक्त गरे । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।



    संयुक्त राष्ट्र संघ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ मनाइँदै छ । उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्रको आदर्श र विश्व शान्तिको महान उद्देश्य प्रति नेपालको प्रतिबद्धता स्मरण गराएका थिए ।

    उनले भने–‘संयुक्त राष्ट्र संघको बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैं विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध रहेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार