काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले गोल गरेको छ ।
लाओसविरुद्धको खेलमा नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।
गएको बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेलमा नेपाल लाओससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
Leave a Reply