Online Nepal
  • बुधबार, १० पुष २०८१
  • त्रिकोणात्मक टी-२० शृंखलाको ट्रफी सार्वजनिक

    त्रिकोणात्मक टी-२० शृंखलाको ट्रफी सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टी-२० आई शृंखलाको ट्रफी सार्वजनिक गरिएको छ ।

    प्रतियोगितामा सहभागी हुने हङकङ काठमाडौं नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।



    नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको यो शृंखला भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको मुलपानीमा हुने प्रतियोगिताको पहिलो खेल नेपाल र यूएईबीच हुने छ ।



    May be an image of text

    कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् । फाइनल खेल कात्तिक १० गते हुने छ ।

    त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने छ । प्रतियोगिताका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । टी-२० आई विश्वकप क्रिकेट छनोटको तयारीका लागि क्यानले यो शृंखला आयोजना गरेको हो ।

    May be an image of 6 people, dais and text

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार