Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशी मुद्रासहित विमानस्थलबाट चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले स्रोत नखुलेको रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका छन् ।उनी मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आएर दिल्ली जान लागेको अवस्थामा पक्राउ परेका हुन् ।

छोदेनको साथबाट १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँ फेला परेको छ ।

छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरीले जनाएको छ ।

छोदेनबाट प्रहरीले बरामद गरेको रकम करिब ३१ लाख ५० हजार रुपैयाँ नेपाली हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077