Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेयर बजारमा १३ अंकको वृद्धि,१ अर्ब १८ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको हो ।

मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।

यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ । मंगलबार कुल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ । एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए ।

साथै स्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्थासहितका धितोपत्रको सेयर मूल्य समेत धेरैले बढेको छ ।

मंगलबार हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ८.५३ प्रतिशतले गुमाए । यसको मूल्य प्रतिकित्ता २६.५० रुपैयाँले घटेर २८४ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077