Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई आर्थिक पक्षमा पनि सुदृढ बनाउन आवश्यक छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक स्वतन्त्रताले मात्रै देशको विकास नहुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । नेता पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन जरुरी रहेको बताए।

उनले राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि नेपालमा थुप्रै काम गर्न बाँकी रहेको बताए।

नेता पौडेलले भने,‘नेपाली कांग्रेसले लिएको खुला नीतिअन्तर्गत आज नेपालीहरूको पहुँच संसारसामु पुगेको छ । खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले नेपाली काँग्रेस नेपालमा जन्मिएको हो । हामीले आर्थिक पक्षमा पनि नेपाललाई सुदृढ बनाउन आवश्यक छ।’

राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको भन्दै पौडेलले नेपाललाई आर्थिक ढङ्गबाट कसरी समृद्ध बनाउन सकिन्छ भनेर सरकार र सबै नेपाली सोच्नुपर्ने बताए ।

त्यस अवसरमा नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैर आवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने धारणा समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077