Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमालेकै कारण संविधान संशोधन असफल भयो : रक्षामन्त्री खड्का

    एमालेकै कारण संविधान संशोधन असफल भयो : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 843
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको संशोधनको प्रकृया नेकपा एमालेका कारण रोकिएको आरोप लगाएका छन् ।

    काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रकृया आज पनि थाती नै रहेको बताए ।



    रक्षामन्त्री खड्काले भने,‘संविधानको दोस्रो संशोधनको प्रकृया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौँ । त्यो प्रस्ताव अरू कसैको कारणले होइन एमालेको कारणले असफल भयो । त्यो असफल भएको संशोधनको प्रकृया आज पनि बाँकी छ।’

    उनले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरूको अगाडि कार्यान्वयनको चुनौतीका रूपमा रहेको औंल्याए ।

    संविधान जारी गर्दा आफूहरूले संविधान सभामार्फत सिंगो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रकृया बाँकी नै रहेको रक्षामन्त्री खड्काको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार