Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४० जना विद्यार्थी सवार बस पल्टियो

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा एक विद्यालयको बस पल्टिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका–६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

प्रहरी निरीक्षक मल्लका अनुसार आज साँझ विद्यालयबाट घर पुर्‍याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ फेल भएर पुलबाट बस पल्टिँदा विद्यार्थी नेपालीको मृत्यु भएको हो । उक्त बसमा करिब ४० विद्यार्थी सवार थिए । तीमध्ये ३० सामान्य घाइते भएका छन् ।

घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराई घर फर्काइएको छ । एक गम्भीर घाइतेलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077