Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नापी कार्यालयका सर्वेक्षक र विचौलिया एक लाख बढी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको भद्रपुरस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक र विचौलियालाई घुस रकमसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नापी कार्यालयमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादव रहेका छन् ।

जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग ७० हजार र ५५ हजारको चेक गरी कुल १ लाख २५ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार दुवै जनालाई घुस लिइसकेको अवस्थामा झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077