Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • कांग्रेस पार्टी हो कि मञ्च हो बुझिसाध्य छैन : प्रधानमन्त्री प्रचण्ड

    कांग्रेस पार्टी हो कि मञ्च हो बुझिसाध्य छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 903
    SHARES

    धानगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसभित्र तीव्र असन्तुष्टि र मतभेद रहेको बताएका छन् ।

    समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च हो भन्ने बुझ्न नसकिएको बताए। उनले कांग्रेसबारे प्रष्ट हुन नसकेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ । अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।’

    उनले दुई दिनसम्म कोशीको समस्या समाधान गर्न आफूले पहल गरेको बताए । उनले विश्वासको मत लिनुभन्दा पहिले एक मन्त्री मात्रै बनाउने सहमति भएको तर त्यहाँ २ मन्त्री नियुक्त गरेकोमा असन्तुष्टि समेत रहेको बताए ।  उनलेले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको बताए ।

    आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइराला बसेर गठबन्धनप्रति दृढ रहेको सहमति गरे पनि कोशी मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेलाई पनि मन्त्री बनाएर चलखेल भएको प्रचण्डले बताए। आफूहरू रहेको गठबन्धनलाई भत्काउन पटक-पटक चलखेल भए पनि परास्त गरिएको उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार