Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अब फेरी भ्रष्टाचारका नयाँ फाइल छिट्टै खुल्दैछन् : प्रधानमन्त्री प्रचण्ड

    अब फेरी भ्रष्टाचारका नयाँ फाइल छिट्टै खुल्दैछन् : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 873
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब फेरी भ्रष्टाचारको नयाँ फाइल खोल्न लागेको बताएका छन् ।

    समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अरू केही नयाँ फाइल छिट्टै खुल्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्त्वका विरुद्ध एकपछि अर्को फाइल खोल्दैछ। ओम्नी सबैलाई थाहा छ, यती काण्ड सबैलाई थाहा भएको छ।’



    सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ। नक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्‍याएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    विगतमा भ्रष्टाचारमा पल्केकाहरूले अहिलेको सरकारलाई ढाल्न खोजेको आरोप समेत उनले लगाए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको आरोपमा कर्मचारीहरू पक्राउ परेकाले निर्णय गर्न कर्मचारीहरू हच्किएको पनि बताए ।

    सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रधानमन्त्रीको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार