Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशी सरकारबारे छलफल गर्न सभापति देउवाले बोलाए उपसभापति र महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयलाई छलफलका लागि बोलाएका छन्।

कोशीमा विकसित राजनीतिक घटनाक्रमका विषयमाथि सभापति देउवाले उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग कुराकानी गर्न लागेका हुन्।

निवास धुम्बाराहीमा सोमबार अपराह्न ४ बजे छलफल हुनेछ।सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो । कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।

कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।

सभापति देउवाले सत्ता गठबन्धनबाट कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमतिमा हस्ताक्षर गरेका थिए। तर नेता शेखर कोइराला पक्षका कोशीका ८ सांसदले उक्त निर्णय अस्वीकार गरेर कार्कीलाई अघि सारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077