दार्चुला । दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
भारतको वतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्लो समयमा पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम बढेको छ। आज मात्रै ९:२६ र ९:३९ गरी २ चोटी भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त भएको छैन ।
Leave a Reply